किन यति धेरै ढोङ्ग गर्छन् नेपालका कम्युनिस्ट नेताहरू ?

काठमाडौं । कम्युनिस्ट भनेपछि आफ्नो काम आफै गर्छन् र जनतालाई धेरै सुविधा दिन्छन् भन्ने मान्यता नेपाली जनताले राखेका छन् ।

तर, नेपाली जनतालाई दास ठान्ने कम्युनिस्ट नेताहरूले बेलाबेला आफ्नो हैसियत देखाउने गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका जवानलाई आफ्नो र छोरीहरूको जुत्ता चप्पल बोक्न लगाउनेदेखि पछिल्लो पटक उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आफूलाई छाता ओढ्न लगाएका छन् ।

छाता ओढ्नु सामान्य कुरा हो । तर, हाम्रा कम्युनिस्ट नेताहरूले आफैले छाता नओढी सुरक्षाकर्मीलाई छाता ओढाउन लगाएर ‘कम्युनिस्ट’ शब्दको खिल्ली उठाएका छन् । नेपालका कम्युनिस्ट नेताहरू व्यवहार र भनाइमा अर्को काम गर्छन् भन्ने देखिएको छ । यो मामिलामा पुष्पकलम दाहाल प्रचण्ड पनि अछुतो छैनन् ।

विश्वका शक्ति राष्ट्रहरू चीन, अमेरिकासहितका देशका राष्ट्रप्रमुखले आफैले छाता ओढ्ने गरेका छन् । तर, नेपालका कम्युनिस्ट नेता र मन्त्रीहरूले देखाउनकै लागि अरुलाई छाता ओढाउन लगाउने गरेको आरोप छ ।

बिम्स्टेक सम्मेलनका क्रममा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले भीभीआईपीको स्वागतका बेला यस्तै चर्तिकला देखाएर सामाजिक सञ्जालमा आलोचनाको पात्र बनेका छन् ।

पोखरेलसँगै रहेका थाइल्याण्डका प्रधानमन्त्रीले आफै छाता ओढेका छन् । तर, पोखरेलले आफूले छाता नबोकी सुरक्षाकर्मीलाई ओढाउन लगाएका थिए ।

हुन त तीन महिना अगाडि पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले पनि आफ्ना सरक्षाकर्मीलाई छाता ओढाउन लगाएको थिए । त्यस बेला पनि आलोचना भएको थियो ।

Published : Sunday, 2018 September 2, 11:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया