भारतीय माओवादीलाई नेपालबाट कसले दिन्छ हतियार ?

काठमाडौं । भारतको महाराष्ट्रा राज्यको पुलिसले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुने गरेको खुलासा भएको छ ।
महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालबाट नक्सलाइट माओवादीलाई हतियार दिने गरेको बताए ।
‘नक्सलाइट माओवादीहरूलाई नेपालबाट हतियार सप्लाइ हुने गरेको पुष्टि भएको छ’, उनले भने, ‘जम्मुकाश्मीरका पृथकतावादीहरूले पनि हतियार उपलब्ध गराउँदै आएको पत्ता लागेका छ ।’
नक्सलाइट माओवादीका नेताहरू रोना विल्सन, सुरेन्द्र गाडलिंग, सुधीर ढबले, शोमा सेन र महेश राउत पक्राउ परेपछि यो रहस्य बाहिरिएको हो ।
उनीहरूको कोठाबाट बरामद भएको दस्तावेजले अरु थुप्रै गोप्य कुराहरू खोलेको महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले बताए । नेपालका सप्लायर्सले हतियार नक्सलाइट माओवादीलाई दिएको बताए पनि एडीजी सिंहले नाम खोलेका छैनन् ।
भारतीय सुरक्षा निकायले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नक्सलाइट माओवादीलाई हतियार दिने गरेको आरोप लगाउँदै आएको छ ।
महाराष्ट्रा पुलिसले नक्सलाइट माओवादीका नेताहरू बस्ने घरमा अप्रिल १७ तारिखमा छापामारेको थियो । पक्राउ पर्नेमा प्रोफेसर, वकिल लगायतका क्षेत्रमा काम गर्दै आएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत