यो हो गरिव जनता बन्दी बनाइ लुट्ने बुटवलको नामुद जेनस अस्पताल

बुटवल । रुपन्देही जिल्लाको बुलवलमा रहेको जेनस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले उपचारको रकम नतिरेको भन्दै बन्धक बनाएर राखिएका २३ वर्षीय एक युवकलाई सञ्चारकर्मी, प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा रिहाइ गरिएको छ ।
उपचार खर्च बुझाउँन नसक्दा नवलपरासीको प्रतापपुर गोपिगञ्जका २३ वर्षीय सुरज विक जेनस अस्पतालमा बन्धक बनाइएका थिए । ०७४ जेठ १४ गते मोटरसाईकल दुर्घटनामा परी बुटवलको जेनस अस्पतालमा उनी भर्ना भएका थिए ।
दाहिने खुट्टा फ्याक्चर भएका सुरजको तीन पटकसम्म अप्रेसन भएको थियो । ६ महिनापछि खुट्टा निको भए पनि उपचारमा लागेक रकम बुझाउन नसक्दा उनी जेनस अस्पतालमा बन्धक बनाइएका थिए ।
आर्थिक अवस्था कमजोर भएका सुरजको उपचार खर्च बुझाउन नसकी अस्पतालले बन्धक बनाएको समाचार सार्वजनिक भएपछि प्रहरीले उद्धारका लागि पहल गरेको थियो ।
जेनस अस्पतालले रकम बुझाउने सर्तमा कागज गरेर मात्रै सुरज विकलाई छाडेको छ । सुरजको उपचारमा करीव १५ लाख खर्च भएको सो अस्पतालले दाबी गरेको छ । सुरजको परिवारलो सो रकम आगामी पुस महिनाभित्र बुझाउनु पर्नेछ । झण्डै १५ लाखको बिलमा अस्पतालले २५ प्रतिशत छुट दिने जनाएको छ ।
कागजमा अस्पतालको तर्फबाट प्रशासन प्रमुख डा शारद सिंह, ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख ध्रुवप्रसाद नेपाल, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्ल, बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का भीमप्रसाद श्रेष्ठ लगायतले हस्ताक्षर गरेका छन् ।
सुरज विकको खुट्टाको अप्रेसन गर्दा करीव १२ लाख, औषधिमा २ लाख र होटलमा खाना खाएको एक लाख रूपैयाँसहित १५ लाख रूपैयाँको बिल जेनस अस्पतालले बनाएको छ ।
सो अस्पतालले सुरज विकको एक कठ्ठा जग्गा पनि मागेको थियो । कमजोर आथिक अवस्था भएका सुरज विकको एक कठ्ठा जग्गा उपचारको बहानामा अस्पतालले नामसारी गरेर दिन माग गरेपछि चातर्फी विरोध भएको थियो ।
मानवताको सवार ख्याल नगरेर गरिव जनतालाई बन्धक बनाइ राख्ने जेनस अस्पतालको सो कार्यको सबैले आलोचना गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत