ओलीको उग्र राष्ट्रवादमा क्रान्तिकारी छलाङः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिम्स्टेकमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षालाई देखाउँदै नेपाली आकाश समेत खाली गराएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
प्रवक्ता शर्माले ट्वीट गर्दै विगतमा सरकारहरूले सडक खाली गराएर दुःख दिएको स्मरण गराएका छन् । नरेन्द्र मोदीतिर संकेत गर्दै शर्माले प्रधानमन्त्री केपी ओलीले यस पटक आशा नै खाली गराएको भनेर आश्चर्य व्यक्त गरेका हुन् ।
‘बिशिस्ट अतिथिलाई हार्दिक स्वागत ! सडक खाली गराएर नागरिकलाई दुःख दिइएको उदाहरण त बिगतमा पनि थियो । केपी ओलीको पालामा त आकाश नै पो खाली ? महोदय ! यसलाई के भनौं ? उग्र राष्ट्रवादको क्रान्तिकारी छलाङ’, भनेर कांग्रेस प्रवक्ता शर्माले ट्वीटमा उल्लेख गरेका छन् ।
बिशिस्ट अतिथिलाई हार्दिक स्वागत !@Hello_Sarkar सडक खाली गराएर नागरिकलाई दु:ख दिइएको उदाहरण त बिगतमा पनि थियो l @kpsharmaoli को पालामा त आकाश नै पो खाली ?
महोदय ! यसलाई के भनौं… उग्र रास्ट्रवादको क्रान्तिकारी छलाङ ?? pic.twitter.com/ut11np4DVt
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 30, 2018
नेपाली कांग्रेसका प्रवक्ता शर्माले आफ्नो त्यो ट्वीटलाई हेलो सरकार र प्रधानमन्त्री ओलीलाई ट्वीटमा समेत ट्याग गरेका छन् ।
भारतीय प्रधानमन्त्री काठमाडौं आउने बेला नेपाली आकाशका साथै सडकहरू पूरै खाली गराइएको थियो । मोदीको सुरक्षाका बहानामा आशा नै पहिलो पटक खाली गराइएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आलोचना गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत