यी हुन् निर्मला हत्याका आरोपी, बस्नेछन् चिसो हिरासतमा

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा पक्राउ परेका बबिता बम र रोशनी बमलाई थुनामा राख्न ६ दिनको म्याद थप भएको छ ।

सोमबार जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले दिदीबहिनीलाई निर्मलाको हत्यामा अनुसन्धानका लागि ६ दिन थुनामा राख्न अनुमति दिएको हो ।

स्थानीयको दवावपछि प्रहरीले उनीहरू दुवैलाई शनिबार पक्राउ गरेको थियो । निर्मला गत साउन १० गते गृहकार्य गर्नभन्दै बमको घर गएकी थिइन् । रोशनी बम र निर्मला साथी हुन् ।

उनीहरू एउटै विद्यालयमा सँगै पढ्थे । रोशनीको घरमा गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो ।

निर्मलाको पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।

Published : Monday, 2018 August 27, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया