दाङमा दिवंगत भएकाहरूको सम्झनामा काठमाडौंमा फलफूल वितरण

काठमाडौं । दाङ–काठमाडौं नेवार समाजले काठमाडौंको बसन्तपुरमा आफन्तजनहरूको सम्झनामा फलफूल वितरण गरेको छ ।
समाजका अध्यक्ष भेषराज श्रेष्ठको संयोजकत्वमा सोमबार बसन्तपुरको हनुमानढोका परिसरमा विपन्न व्यक्तिहरूलाई फलफूल वितरण गरिएको हो ।
नेवार समाजले गत वर्ष दाङ जिल्लामा दिवंगत भएका १६ जना आफन्तको सम्झनामा सामाजिक काम गरेको अध्यक्ष श्रेष्ठले बताए । दिवंगत भएकाहरूको सम्झनामा गाईजात्रा पर्वको अवसर पारेर सम्झना गरिएको थियो ।
काठमाडौंमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष श्रेष्ठका साथै उपाध्यक्ष शिवकुमार श्रेष्ठ, कोषाध्यक्ष रुद्रकुमार राजभण्डारी, सहसचिव अनुराधा जोशी श्रेष्ठ, सदस्यद्वय कोशेली श्रेष्ठ र निर्मला श्रेष्ठको सहभागिता रहेको थियो ।
समाजका सल्लाहकार प्रदीप राज श्रेष्ठ, आजीवन सदस्य मधुकरप्रसाद राजभण्डारीलगायतको समेत उपस्थति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत