गगनको सुझावले कम्युनिस्ट सरकार फुरुङ्ग !

काठमाडौं । कांग्रेसका युवा नेता गगन थापाले शिक्षासम्बन्ध विधेयक हतारमा नल्याउन कम्युनिस्ट सरकारलाई आग्रह गरेका छन् ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता थापाले हतारमा ल्याइएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा थुप्रै विषय छुटेको बताए । उनले हतारमा विधेयक ल्याउने काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नुअघि सरकारसँग लगानी गर्ने क्षमता कति छ भनि विश्लेषण गर्न आवश्यक रहेको युवा नेता थापाले बताए ।

कम्युनिस्ट सरकारले ल्याएको शिक्षा विधेयकमा कक्षा ८ सम्मको शिक्षालाई निःशुल्क गर्ने प्रावधान राखिएको छ । थापाले बजेट नहेरी हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा सरकारले गरे जनतालाई धोका हुने बताए ।

कांग्रेस नेताका यो सुझावले दवावमा परेको कम्युनिस्ट सरकारलाई थोरै भए पनि राहत हुनेछ ।

Published : Monday, 2018 August 27, 4:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया