पावरफुल मन्त्रीको मन्त्रालयमा प्रधानमन्त्री ओलीको ‘धमाका’

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले गृहमन्त्री रामबहादुर थापासँग पूर्वमाओवादी लडाकुलाई विमानस्थलमा रोकको विषयलाई लिएर २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

ओलीले पूर्वमाओवादीका अयोग्य लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको बारेमा गृहमन्त्री थापासँग स्पष्टीकरण मागे गरेका हुन् ।

स्पष्टीकरण प्रकरणसँगै गृहमन्त्री थापा चिन्तामा परेका छन् । गृहमन्त्रालयका कर्मचारीहरू पनि प्रधानमन्त्री ओलीले शैलीबाट डराएको उच्च स्रोतले जनाएको छ ।

विष्टलाई फर्काइएको विषयमा गृहलाई तत्काल जवाफ दिन निर्देशन दिएको ओलीले बताएका छन् । ओलीले हिँडडुल गर्न पाउने व्यक्तिगत स्वतन्त्रता हनन् भएकोप्रति आफूले ध्यान दिने बताएका छन् ।

शुक्रबार बैंककमा हुने कार्यक्रममा भाग लिन जाने क्रममा बिष्टलाई अध्यागमन विभागले रोकेको थियो । विष्ट बैंककमा द्वन्द्वरत क्षेत्रमा युवा–सामाजिक सहभागिताद्वारा उपचार र शान्ति स्थापना विषयक कार्यशालमा सहभागी हुन जान लागेका थिए ।

बोर्डिङ्ग पास लिएर अघि गइसकेपछि गृहमन्त्रीका प्रवक्ता रामकृष्ण सुवेदीको निर्देशनमा विमानस्थलमा रोकिएको विष्टले आरोप लगाउँदै आएका छन् ।

Published : Monday, 2018 August 27, 1:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया