निर्मलालाई न्याय माग्दै नेविसंघले ओलीको पुत्ला जलायो (तस्विर)

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला जलाएको छ ।
काठमाडौंमा शनिबार भएको प्रदर्शनमा नेविसंघले निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दै ओलीको पुत्ला जनाइएको हो ।
नेविसंघका कार्यकर्ताले प्रदर्शनीमार्गदेखि शंकरदेव क्याम्पससम्म प्रदर्शन गरेका थिए । उनीहरूले शान्ति सुरक्षा बनाउन नसक्ने कम्युनिस्ट सरकारको चर्को विरोध गरेका छन् ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै नेविसंघले दोषीलाई कारबाहीको माग गरेर कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
Published : Saturday, 2018 August 25, 7:32 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत