निर्मलालाई अन्याय गर्ने यी एसपीको जागिर धरापमा

काठमाडौं । निर्मला पन्त बलात्कार र हत्याकाण्डमा विवादास्पद भूमिका निभाएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्टलाई गृहमन्त्रालयले कारबाही गरेको छ ।

एकजना किशोरको ज्यान जाने गरी प्रदर्शन भएको दोस्रो दिन कम्युनिस्ट सरकारले दवाव खेप्न नसकेर एसपी विष्टलाई निलम्बन गरेको हो । गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले एसपी विष्टलाई मन्त्रालयले निलम्बन गरेको जानकारी दिए ।

गृह मन्त्रालयले डिएसपी ज्ञानबहादुर क्षेत्रीसहित अर्का एकजना प्रहरी अधिकारीलाई समेत छानबिन गर्ने जनाएको छ ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा एसपी विष्टका छोराको संलग्नता रहेको आशंका स्थानीयले गरेका छन् । छोरालाई बचाउन एसपी विष्टले अनुसन्धानमा दोषीहरूलाई उन्मुक्ति दिएको भन्दै स्थानीयले दैनिक सरह प्रदर्शन गर्दै आएका थिए ।

एसपी विष्टलाई साथ दिने डिएसपी ज्ञानबहादुर क्षेत्रीलाई पनि गृह मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा डिएसपी कृष्णराज ओझालाई पठाइएको छ ।

Published : Saturday, 2018 August 25, 7:02 pm

3 प्रतिकृया प्राप्त “निर्मलालाई अन्याय गर्ने यी एसपीको जागिर धरापमा”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया