निर्मला हत्याकाण्डमा मुछिएका यी हुन् पावरफुल महिला

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलत्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ ।

स्थानीयको ठूलो दवावपछि प्रहरीले शनिबार बिहान स्थानीय रोशनी बम र उनकी दिदी अनिता बमलाई पक्राउ गरेको जनाएको छ ।

रोशनी बम निर्मला पन्तकी साथी हुन् । पक्राउ परेका दिदी र बहिनीसँग निर्मला पन्तको बलात्कार र हत्याका बारेमा सोधपुछ हुनेछ ।

प्रदर्शनकारीले अनिता बमले बलात्कारीलाई लुकाएको भन्दै बिहीबार उनको घर तोडफोड गरिदिएका थिए । रोशनी बमको घरबाट पढेर फर्कँदै गर्दा साउन ११ गते निर्मला पन्तको उखुबारीमा शव फेला परेको थियो ।

Published : Saturday, 2018 August 25, 12:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया