जनताको शक्तिसामु झुक्न बाध्य भए कम्युनिस्टहरू, बस्यो आकस्मिक बैठक

काठमाडौं । निर्मला पन्तका दोषी पत्ता लगाउन र हत्यारालाई कारबाही गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सचिवालयको आकिस्मक बैठकले कञ्चनपुर घटनाको विशेष अनुसन्धान गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकमा मुलुकको शान्ति सुरक्षा दिन प्रतिदिन विग्रदै गएको भन्दै चिन्ता समेत जनाएको थियो ।

कञ्चनपुर घटनामा सरकार कठोर रुपमा प्रस्तुत हुन थालेपछि स्थानीयले जोडदार रुपमा प्रतिवाद गरेका थिए । स्थानीय जनताको प्रतिवाद भएपछि बाध्य भएर कम्युनिस्ट सरकार र नेकपा झुक्न बाध्य भइ बलत्कारीलाई पत्तालगाएर कारबाही गर्ने पक्षमा पुगेको हो ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले चलाएको गोली लागेर सनी खुनाको मृत्यु भएपछि आत्तिएको कम्युनिस्ट सरकार र नेकपाले बल्ल आएर सो विषयमा गम्भीरता देखाएको छ ।

Published : Saturday, 2018 August 25, 11:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया