कम्युनिस्ट सरकारले कांग्रेसतिर उठायो औँलो

काठमाडौं । कम्युनिस्ट सरकारले नेपाली कांग्रेसतर्फ संकेत गर्दै कञ्चनपुरको महेन्द्रनगर घटनालाई उत्तेजक बनाउन खोजेको आरोप लगाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारले घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन भइसकेको परिप्रेक्ष्यमा केही तत्वले परिस्थितिलाई उत्तेजक बनाउन खोजेको आरोप लगाएको हो ।

घटनाप्रति सरकार संवेदनशील रहेको भन्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले दोषीलाई कानूनको दायरामा ल्याएरै छाड्ने बताए ।

बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको दोषीलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा घुपसैठ भएको मन्त्री बास्कोटाले दाबी गरेका छन् । ‘आन्दोलनमा घुसपैठ भएको छ । उत्तेजक बनाउने काम भएको छ’, उनले भनेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले कञ्चनपुरको आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न पनि माग गरेका छन् ।

बास्कोटाले कांग्रेसतिर संकेत गरे पनि नाम भने लिएनन् । यसअघि शुक्रबार बिहान नेकपाका नेता भीम रावलले कांग्रेसले महेन्द्रनगरमा हिंसा फैलाएको आरोप लगाएका थिए ।

Published : Saturday, 2018 August 25, 11:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया