महेन्द्रनगरको समर्थनमा डडेलधुरामा भव्य प्रदर्शन

डडेलधुरा । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा १३ वर्षीया निर्मला पन्तको बलत्कारपछि हत्या गरिएको विरोधमा डडेलधुराका स्थानीय युवा, विद्यार्थी, व्यावारी, अधिकारकर्मी लगायतले शनिबार बिहान प्रदर्शन गरेका छन् ।

शनिबार बिहानै सडकमा जम्मा भएका सयौँ युवा विद्यार्थीले निर्मला पन्तका दोषीलाई कारबाही गर्न माग गरेका हुन् । उनीहरूले दोषीलाई कारबाहीको माग गरेर महेन्द्रनगरमा भएका प्रदर्शनमा प्रहरी दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत मागे ।

प्रदर्शनकारीहरूले शान्ति सुरक्षा र कानून राज्यको स्थापनाका साथै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निलम्बन गर्न माग गरे ।

प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीले बलत्कारी र हत्यारालाई लुकाएको भन्दै दोषीलाई पक्राउ गरेर हदैसम्मको कारबाही माग गरे ।

Published : Saturday, 2018 August 25, 11:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया