सनी खुनाको शनिबार बिहान अन्त्येष्टि

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीको गोली लागेर निधन भएका १७ वर्षीय किशोर सनी खुनाको शनिबार अन्त्यष्टि गरिएको छ ।

निर्मला पन्तका बलत्कारी र हत्यारालाई कारबाहीको माग गरेर प्रदर्शनमा आएका सनी खुनाको शुक्रबार प्रहरीको गोली लागेर निधन भएको थियो । उनको मृत्यु भएपछि आक्रोशित स्थानीयले कम्युनिस्ट सरकारको विरोध गरेका थिए ।

सनी खुनाको शनिबार बिहान आफ्नो परम्पराअनुसार अन्त्यष्टि गरिएको आफन्तले जनाएका छन् ।

Published : Saturday, 2018 August 25, 10:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया