दाङको बस दासढुंगामा दुर्घटना, २८ यात्रु घाइते

भरतपुर । चितवन जिल्लास्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बस र ट्रक एकआपसमा ठक्कर खाँदा २८ घाइते भएका छन् ।
दाङबाट काठामाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक दासढुङ्गामा शनिबार बिहान साढे छ बजे ठोक्किदा यात्रु घाइते भएका हुन् ।
बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । चारजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।
Published : Saturday, 2018 August 25, 9:42 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत