‘कम्युनिस्ट सरकारले ल्याएको मुलुकी ऐनको बिरोध गरौँ’

तुलसीपुर । नेपाल पत्रकार महांसघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले कम्युनिस्ट सरकारले जारी गरेको नयाँ मुलुकी ऐन देश र जनताको विपक्षमा रहेको बताएका छन् ।

दाङमा शुक्रबार आयोजित अन्र्तक्रियामा उपाध्यक्ष पोख्रेलले कम्युनिस्ट सरकारले ल्याएको नयाँ ऐनका केही बुँदा पश्चगामी रहेको बताए । नयाँ मुलुकी ऐनले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको उनको भनाइ छ ।

कानून जहिले पनि जनताले पक्षमा हुनुपर्ने भन्दै उपाध्यक्ष पोखरेलले कानून बनाउँदा सरकारले त्यसले जनतामा परेको नकारात्मक असरका बारेमा केही ध्यान नदिएको बताए ।

पोख्रेलले सरकारले ल्याएको नयाँ मुलुकी ऐनका बुँदाले जनताको अधिकार रक्षाभन्दा पनि जनतालाई समस्या पार्ने खालको रहेको बताए । कम्युनिस्ट सरकारले ल्याएको नयाँ ऐनले पत्रकारहरूमा विचलन ल्याएको बताए । उनले निर्भिक भएर आफनो पेशमा लाग्न पत्रकारहरूलाई आग्रह गरे ।

उपाध्यक्ष पोख्रेलले आफूहरूका जायज मागलाई सरकारले हल्का रुपमा लिए देश व्यापी बिरोध गर्ने बताए ।

Published : Friday, 2018 August 24, 7:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया