अराजक बन्यो कम्युनिस्ट सरकार, महेन्द्रनगरमा किशोरको ज्यान गयो

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा प्रहरीले चलाएको गोली लागेर बालिकाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर शुक्रबार बलक शनी खुना मृत्यु भएको छ ।

शुक्रबार भएको प्रदर्शनमा प्रहरीले गोली चलउँदा भट्टको मृत्यु भएको हो । पूजा पन्तको बलात्कारपछि हत्या भएको घटनामा स्थानीयले प्रदर्शन गर्दा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर भट्टको मृत्यु भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले दिएको अभिव्यक्तिविरुद्ध नेविसंघले शुक्रबार महेन्द्रनगरमा प्रदर्शन गरेको थियो । रावलका विरुद्ध विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि स्थितिलाई नियन्त्रणमा लिन शुक्रबार गोली चलाएको प्रहरीको भनाइ छ ।

नेकपाका नेता भीम रावलको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको थियो ।

नेकपाका नेता रावलले कांग्रेसीहरूले कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको बलत्कार र हत्याकाण्डको मुद्दालाई कांग्रेसको नाम जोडेर राजनीति रंग दिन खोजेको आरोप लगाएपछि स्थानीयका साथै नेविसंघले प्रदर्शन गरेको थियो ।

Published : Friday, 2018 August 24, 7:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया