यी हुन् कांग्रेसको ‘शान’, कम्युनिस्टहरूको ‘काल’

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा शान्ति सुरक्षा बनाउन नसकेको भन्दै चर्को आलोचना गरेका छन् ।

संसदको शुक्रबार बसेको बैठकमा सम्बोधन गर्दै सांसद गौतमले कम्युनिस्ट सरकारले शान्ति सुरक्षा बनाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरे । उनले दिनहुँ बढ्दै गएको महिला हिंसा तथा अपराधिक घटनाको नियन्त्रण र अपराधीलाई कानूनको दायरामा ल्याउन नसकेको आरोप लगाए । ‘शान्ति सुरक्षा बनाउन नसक्ने गृहमन्त्री रामबहादुर थापाले पदबाट राजीनामा दिनुपर्छ’, उनले भने ।

कम्युनिस्ट सरकार आएसँगै देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको कांग्रेसका सांसद गौतमले भने, ‘गृहमन्त्री रामबहादुर थापाले राजीनामा दिनुपर्छ । यसबारे प्रधानमन्त्री केपी ओलीले सदनमार्फत देशवासीलाई सम्बोधन गर्नुपर्छ ।’

‘बलत्कारसम्बन्धी संकल्प प्रस्ताव छ त्यसमा म समर्थन गर्दछु’, गौतमले भने, ‘साह्रै नै टाउकै निहुँरिइसक्यो, लाजै भइसक्यो । जताततै, सडकमा त्यहि छ, सदनमा त्यहि छ ।’

कांग्रेसका सांसद गौतमले भने, ‘मुलुकले स्थिर सरकार प्राप्त गरेर स्थिरता र समृद्धिको बाटोमा जाने क्रमको सुरु गर्ने सरकारले के राज्य सञ्चालनमा उसको दायित्व हुँदैन ? ल एण्ड अर्डर मेन्टेण्ड गर्नु पर्दैन ? के यसबाट निरपेक्ष भएर भाग्न मिल्छ ? त्यसकारण यसले एउटा नैतिक प्रश्न जन्माएको छ । वास्तवमा गृहमन्त्रीजीले तत्काल राजीनाामा दिनु पर्छ । गृहमन्त्रीको तत्काल राजीनामा आउनु पर्छ र यो रोष्ट्रममा आएर सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीलाई सम्बोधन गर्नु पर्छ ।’

Published : Friday, 2018 August 24, 6:05 pm

1 प्रतिकृया प्राप्त “यी हुन् कांग्रेसको ‘शान’, कम्युनिस्टहरूको ‘काल’”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया