यी हुन् हिरो बन्न खोज्ने कम्युनिस्ट मन्त्री, खुमलटारमा उजुरी

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाईको सरकारका मन्त्रीहरूका बीच खटपट भइरहेका समाचार आइरहेका बेला दुई मन्त्रीबीच कार्यक्षेत्र मिचेको भनेर विवाद उत्पन्न भएको छ ।

विवाद मात्रै नभइ दुई मन्त्रीका वीच भनाभनसमेत भएको छ । कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग बाणिज्य, आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवबीच कार्यक्षेत्र मिचेबारेमा भनेभन भएको हो । खनाल र यादव दुबै पूर्वमाओवादी निकटका मन्त्री हुन् ।

काठमाडौंको कालिमाटी तरकारी तथा फलफूल बजारका विषयमा यादव र खनालबीच विवाद छ । आपूर्तिमन्त्री यादवले अनुगमन गरेर कालिमाटीका ९८ वटा स्टल खारेज गर्ने निर्णय गरेका थिए । यादवको निर्णयबाट आक्रोशित बनेका कृषिमन्त्री खनालले आफ्नो कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष उजुरी गरेका छन् ।

मन्त्री यादवसहितको टोली कालिमाटीको अनुगमन गरेको थियो । यादवले त्यस बेला व्यवसायीका २ वटा ट्रक पनि नियन्त्रणमा लिएको थिऐ ।

खनाल भदौ १ गते राजधानीबाहिर गएको मौका पारेर यादवले कालिमाटी तरकारी बजारमा छापामारेपछि विवाद सुरु भएको थियो ।

Published : Friday, 2018 August 24, 1:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया