कांग्रेसभित्र सबै अट्ने विधान बन्ने, यसरी हुँदै छ तयारी

काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधनको लागि सुझावसहित मस्यौदा तयारपार्न बनेको मस्यौदा समितिले औपचारिक रुपमा काम सुरु गरेको छ ।

शुक्रबार पार्टी मुख्यालय सानेपाल ललितपुरमा बसेको बैठकमा विधान मस्यौदा समितिले मस्यौदा निर्माणको काम सुरु गरेको हो । सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति बनाएका थिए ।

समितिले कांग्रेसका नेता, कार्यकर्ताको सुझाव लिएर विधानको मस्यौदा तयार पार्नेछ । विधान मस्यौदा समितिको सदस्य सचिवको जिम्मेवारी केशव रिजाललाई दिइएको छ ।

कांग्रेसले भदौ महिनाको अन्तिममा महासमिति बैठक बोलाउने तयारी गरेको छ । सोही बैठकमा मस्यौदा पेश हुनेछ ।

मुलुक संघीयतामा गएपनि कांग्रेसले सोही अनुसारको पार्टी संरचना बनाउने विधान हालसम्म बनाउन सकेको छैन ।

Published : Friday, 2018 August 24, 12:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया