यी दुई कम्युनिस्ट मन्त्रीबीच बोलचाल बन्द

काठमाडौं । पूर्वमाओवादी निकटका मन्त्रीहरूबीच बोलचाल नै नहुने अवस्था सिर्जना भएको छ । पूर्वएमालेका मन्त्रीहरूले भन्दा राम्रो काम गरेर प्रशंसा पाएका पूर्वमाओवादीका मन्त्रीहरूबीच आपसी द्वन्द्व रहेको छ ।

वनमन्त्री शक्तिबहादुर बस्नेत, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री चक्रपाणि खनालसहितका नेताहरू एकअर्काप्रति खासै नरम नरहेको स्रोतले जनाएको छ । विशेष गरेर वनमन्त्री शक्तिबशादुर बस्नेत र वर्षमान पुनबीच अलिक धेरै तिक्तता छ । यी दुईबीच राम्रोसँग बोलचाल समेत हुन छाडेको स्रोतले जनाएको छ ।

वनमन्त्री बस्नेत र उर्जामन्त्री पुन सुरुवाती दिनदेखि नै एकअर्का विरोधी नेताका रुपमा चिनिन्छन् । उनीहरूलाई चीनसँग नजिक पु¥याउन गिरोह नै सक्रिय भएको स्रोतको भनाइ छ ।

उनीहरूलाई चिनियाँ अधिकारीहरूले प्रत्येक महिना भेट्ने गरेका छन् । भेटमा भएका कुरा बारेमा केही बताइएको छैन । मन्त्रीद्वय बस्नेत र पुनलाई चिनियाँ अधिकारीहरूले भेट गरेको विषयमा धेरैले चासो व्यक्त गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले हल्लाभन्दा पनि भित्रभित्रै काम गरेर प्रधानमन्त्रीको मन जित्न सफल भएको चर्चा छ । हुन त बेलाबेला गृहमन्त्री थापालाई पनि विवादमा ल्याउने प्रयास गर्ने गरिएको एक नेताको भनाइ छ । विवादित बनाउने प्रयासहरूलाई थापाले खासै महत्व दिने गरेका छैनन् ।

Published : Friday, 2018 August 24, 11:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया