बैठकमा नेपाली सेना छिराएपछि हँगामा, ओलीलाई समस्या

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधनबारेको विवाद रोकिने अवस्था देखिएको छैन । बरु दिन प्रतिदिन विवाद आइरहेको छ । ओलीको आलोचना भइरहेको छ । संसद र नागरिक स्वतन्त्रतासँग जोडिएर हेरिएको छ ।

मधेसको विषयमा कमल चलाउँदै आएका चन्द्र किशोरले सामाजिक सञ्जालमा टिप्पणी लेख्दै ओलीको सम्बोधन र त्यस बेला नेपाली सेना अर्थात ओलीका अंगरक्षक साथमा रहेको कुरालाई कठोर रुपमा उठाएका छन् ।

‘देश २ मा प्रधानमन्त्री केपी ओलीजीको सम्वोधनका समय सदनभित्र सैनिक कसरी देखिए ? यसो हुन पुग्दा प्रदेश सभाको नागरिक स्वतन्त्रता र स्वायतताप्रति राजनीतिक दलहरूको के ठम्याई छ ?’, भनेर कठोर प्रश्न उठाएका छन् ।

संसदभित्र मर्यादापालक रहने व्यवस्था हुन्छ । प्रतिनिधि सभामा पनि प्रधानमन्त्री र मन्त्रीका सुरक्षा अंगहरू बैठक हलभित्र प्रवेश गर्न पाउँदैनन् ।

तर, प्रदेश २ मा ओलीले अंगरक्षक अर्थात नेपाली सेनालाई भित्र्याएर दुई तिहाईको शक्ति देखाएको आरोप लागेको छ । प्रदेश २ को सभालाई ओलीले हेपेको भनेर पनि टिकाटिप्पणी भएको छ । ओलीले सम्बोधन गरेको प्रदेश २ का जनताले नरुचाएको टिप्पणी पनि भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि ओलीलाई खुसी बनाउन हदैसम्मको हर्कत गरेको आरोप छ । राउतले ओलीको भाषणको स्वागत समेत गरेका थिए । उनले ओलीप्रति देखाएको श्रद्धा र भक्तिले चिन्ता बढाएको चर्चा हुन थालेको छ ।

Published : Thursday, 2018 August 23, 11:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया