आइजीपीको सल्लाह सुनेपछि यसरी कन्भिन्स भए गृहमन्त्री

काठमाडौं । गृह मन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को बढुवा गर्ने भएको छ । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा सर्वेन्द्र खनालको नियुक्तिसँगै रिक्त एआइजी बढुवा रोकिएको थियो ।
प्रहरी महानिरीक्षक खनालले गृहमन्त्री रामबहादुर थापालाई एआइजी बढुवामा चासो देखाउन पटक–पटक आग्रह गर्दै आएका थिए । खनालको दवावका कारण गृहमन्त्री थापाले एआइजी बढुवा एक हप्ताभित्रै गर्ने गरेर काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
डिआइजीहरू पुष्कर कार्की, मनोज नेउपाने, ठूले राई, धीरु बस्नेत र सुुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् । उनीहरू सबै १९ साउन ०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल अहिले आइजिपी छन् ।
एआइजीका सबै दाबेदार अधिकृत ०४६ का ब्याची हुन् । ३० वर्षे कार्यकालका आधारमा उनीहरू सबैले २९ माघ ०७६ मा अनिवार्य अवकाश पाउनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत