गुटको राजनीतिले कांग्रेस बलियो हुँदैनः डा.शशांक कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको बताएका छन् ।

नेपालगञ्जमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले गुटका कारण विभाजित हुने अवस्था रहेसम्म कांग्रेस बलियो हुन नसक्ने बताए ।

महामन्त्री डा.कोइरालाले भने, ‘कांग्रेसको नेतृत्व र संगठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने हामी झन् कमजोर हुन्छौं । कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यो कुरा नेता र कार्यकर्ताले बुझ्नुपर्छ ।’

उनले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइनसकेको बताए । सरकारले मुलुकलार्इ सही दिशा दिन नसकेको उनको भनाइ थियो ।

नेपालगञ्जमा बुधबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको उल्लेख गरे ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनुपर्ने बताए ।

Published : Wednesday, 2018 August 22, 1:21 pm

1 प्रतिकृया प्राप्त “गुटको राजनीतिले कांग्रेस बलियो हुँदैनः डा.शशांक कोइराला”

  • वास्तविक कुरा हो हामी सम्पुर्ण kaanresi परिवार मिल्नुको बिकल्प चिन

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया