कांग्रेस–राजपाका समर्थकबीच झडप, बालक पनि घाइते

बर्दिबास । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका( ३ स्थित महदैया तपनपुरमा नमाज पढाउने विषयमा विवाद भएको छ ।

विवाद भएपछि झडप हुँदा १३ जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा ल्याउन दुई राउण्ड हवाई फायर भएको छ । निमित प्रमुख डिएसपी खगेन्द्रबहादुर खड्काले पहिला आफ्नो पक्षलाई नमाज पढाउनु पर्ने भन्दै राजपा र कांग्रेस समर्थकहरूको विवादले झडपको रुप लिएको बताए ।

बकर इदको नमाज पढाउन हरेक वर्ष भारतबाट मौलवी आउने गरेकोमा यस वर्ष एकजना मात्र मौलवी आएको र कांग्रेस पक्षको नमाज पढाउन लाग्दा राजपा पक्षधरहरूले आएर पहिला हामीलाई पढाउनु पर्छ भनेपछि झडप सुरु भएको घटना स्थलका प्रत्यक्षदर्शीले बताए ।

झडपमा ८ वर्षीय बालिकासहित ४ महिला र ८ पुरुष घाइते भएका छन् । उनीहरूको अंचल अस्पताल जनकपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

झडपको खबर पाएलगत्तै रामगोपालपुर, लोहारपटटी र जिल्लाको प्रहरी समेतको टोली घटनास्थल पुगेको छ । दुवै पक्षबाट दुई दुई जना झडपका जिम्मेवार व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Wednesday, 2018 August 22, 1:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया