खुमबहादुरको एजेण्डा डा.शशांक कोइरालाले बोक्ने

काठमाडौं । कांग्रेसका तत्कालीन नेता स्वर्गीय खुमबहादुर खड्कापछि सुस्ताएको नेपाली कांग्रेसभित्रको हिन्दूवादी कित्ताको नेतृत्व महामन्त्री डा. शशांक कोइरालाले गर्न थालेका छन् ।

पार्टी गणतन्त्रको कित्तामा उभिएका कारण कांग्रेसमा धर्म निरपेक्षताविरोधीहरू नेता खुमबहादुर खड्काको कित्तामा उभिएका थिए । खुमबहादुरले कांग्रेसका बहुमत सदस्यलाई हिन्दू धर्मका पक्षमा उभिनका लागि प्रेरित गरेका थिए । खुमबहादुरको निधनपछि सुस्ताएको धार्मिक कित्तालाई शशांकले नेतृत्व गर्न लागेका हुन् ।

धर्मविनाश, धार्मिक अतिक्रमण बढेको भन्दै मुलुकलाई हिन्दू धर्म सापेक्ष बनाउनका लागि जनमत संग्रह हुनुपर्ने शशांकको माग छ । उनले यसका लागि पार्टीभित्र र देशभरी हुने अभियानमा सहभागीता र सहयोग गर्ने पनि बताउन थालेका छन् ।

शशांकको अभियानमा कोइराला परिवारका अन्य नेताले पनि सहयोग गर्नेछन् । कांग्रेसका सुस्ताएको कोइराला कित्ताको उदयका लागि पनि शशांकले धार्मिक मुद्दालाई गुटको नेतृत्व र अनुकुलताका लागि प्रयोग गर्न लागेको बताइएको छ ।

स्रोतले भन्यो,‘महासमितिमा हिन्दू धर्मका पक्षधरताहरू धेरै रहेका कारणले पनि महामन्त्री यो मुद्दा बोकेर बैठकमा जान लागेका हुन् ।’

सभापति शेरबहादुर देउवाला अर्का नेता रामचन्द्र पौडेललाई चेपेपछि शशांक साइड लागेका थिए । तर उनले कांग्रेसभित्र फरक कित्ता बनाउने तयारी गरिसकेका छन् ।

Published : Tuesday, 2018 August 21, 5:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया