ओलीको खाना पकाउन महँगो जारको पानी प्रयोग

काठमाडौं । कम्युनिस्ट सरकारले देशमा आर्थिक समृद्धि र विकास ल्याउला भनेर नेपाली जनताले आश गरेर बसेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले मिनरल वाटरको पानी अर्थात जारको पानीले खाना पकाउने गरेको खुलासा भएको छ ।

ओलीको लापरवाहीका कारण प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान हुन सकेको छैन । बालुवाटारमा रहेका कुनै पनि धारामा पानी आउँदैन ।

प्रधानमन्त्री ओलीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जार (मिनरल वाटार)को पानी प्रयोग हुने गरेको उच्च स्रोतले जनाएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालासम्म सामान्य जारको पानी प्रयोग हुने गरे पनि ओलीले महँगो पानी खाने इच्छा जनाएपछि आक्वा हन्ड्रेड ब्रान्डको जारको पानी मगाइएको हो ।

बजारमा बिक्रीका लागि राखिएका पानी र दूधमा कोलिफर्म भेटिएको समाचार आएपछि ओलीले अक्वा हन्ड्रेड जारको पानी प्रयोग गर्न थालेका हुन् ।

Published : Monday, 2018 August 20, 12:22 pm

1 प्रतिकृया प्राप्त “ओलीको खाना पकाउन महँगो जारको पानी प्रयोग”

  • जनता मरेनि केबाल छर मन्त्रि त बाँचनै पर्छ कर पचाउन भनेनि

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया