संसद बन्द गरेर केबलकार चढ्न गए यी भीआइपीहरू ! (तस्बिर)

काठमाडौं । संघीय संसद, राष्ट्रिय सभा, प्रदेश सभाका सांसद र उच्च कर्मचारीहरूले काठमाडौंको चन्द्रागिरिमा रहेको केवलकारमा आनन्द लिएका छन् ।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, कानूनमन्त्री भानुभक्त ढकालसहितका झण्डै एक सय सांसद कर्मचारीहरूले आइतबार चन्द्रागिरि केबलकारको मजा लिएका हुन् । उनीहरूले चन्द्रागिरिको सभा कक्षमा बसेर छलफल समेत गरेका थिए ।

प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्षका साथै पूर्वसभामुख ओनसरी घर्ती तथा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेललगायतका भीआइपीहरूका साथै संसद सचिवालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

चन्द्रागिरि केबुलकारको प्रशंसा गर्दै सभामुख कृष्णबहादुर महराले संघीयतालाई संस्थागत विकास गर्दै लोकतन्त्रलाई बलियो बनाउन संघ र प्रदेशका उच्च नेतृत्वबीचमा संसदीय प्रक्रिया तथा अनुभव आदानप्रदान गर्न जरुरी रहेको बताएका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघ र प्रदेशबीच कानून निर्माणमा समन्वयको खाँचो औँल्याउँदै प्रदेशसभालाई आवश्यक स्रोतसाधनले सम्पन्न गर्न आवश्यक सहयोग संघीय संसद्ले गर्ने बताए ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा स्थगित रहेको मौका पारेर उनीहरू चन्द्रागिरि केबलकार चढ्न दलबलसहित आइतबार पुगेका हुन् । संसद नचलेका बेला रमाइलो गर्न चन्द्रागिरि केबलकार चढ्न गएका उनीहरूको खर्च संसद सचिवालयले गरेको हो । खर्च कति भयो भन्नेबारेमा केही बताइएको छैन ।

Published : Sunday, 2018 August 19, 7:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया