कांग्रेसले आफूले जितेका स्थानीय तहमा कर घटाउने, बोलायो भेला
काठमाडौं । स्थानीय तहले मनपरी रुपमा कर उठाएपछि विरोध भइरहेका बेला सो विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफूले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई करका विषयमा गम्भीर बन्न निर्देशन दिएको छ ।
स्थानीय तहमा कर नबढाउन कांग्रेसले अनौपचारिक सकुर्लर जारी गरेको छ । कांग्रेसले आफ्नो नेतृत्वका स्थानीय तहमा कर वृद्धि गरिएको भए फिर्ता लिन पनि आग्रह गरेको छ ।
कांग्रेसले स्थानीय तहमा वृद्धि गरेका कर फिर्ता लिन र जनताको सेवामा स्थानीय तहलाई संलग्न गराउन आफूले जितेका स्थानीय तहका प्रमुखको भेला पनि गर्न लागेको छ ।
कांग्रेसले भदौ दोस्रो साता स्थानीय तहमा विजयी कांग्रेसका मेयरको भेला काठमाडौंमा आयोजनाको गृहकार्य भइरहेको एक नेताले बताए ।
कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले शनिबार विराटनगरमा पार्टी विजयी भएका स्थानीय तहमा कर नबढ्ने बताएका थिए । उनले कांग्रेसले जितेका स्थानीय तहमा कर नबढ्ने र बढेको भए फिर्ता हुने जानकारी दिएका छन् ।
भदौ १२, १३ र १४ गते काठमाडौंमा नगरपालिका महासंघको भेला हुन लागेको मौका छोपेर कांग्रेसले आफ्नो पार्टीबाट विजयी मेयरसँग छलफल गर्ने तयारी गरेको छ ।
काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिकासहित कांग्रेसले जितेका अन्य स्थानीय तहमा समेत कर वृद्धि नगरी कांग्रेसले अन्य स्थानीय तहमा गरिएको कर वृद्धिको विरोध गर्ने भएको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओडले पनि कांग्रेस विजयी स्थानीय तहमा कर नबढ्ने जानकारी दिएका छन् ।
राम्रो काम
राम्रो काम हो है किनकि कर्मचारी बिहिन स्थानीय तहमा कर बृद्धि हुन दुखत हो कर उठाएर कुम्लो पार्नु भन्दा कर उठाएर कर्मचारी ब्यवस्थापन गर्दा उचित होला
Ramro kam ko lagi sadaibha
Jay nepal