काठमाडौंमा संगठित भए दाङका नेवारहरू, बन्यो समाज

काठमाडौं । दाङ जिल्लाबाट राजधानीमा आई विभिन्न पेशा व्यवसायमा संलग्न नेवार समुदायहरूले ‘दाङ–काठमाडौं नेवार समाज’ गठन गरेका छन् ।

काठमाडौंको धुम्बाराहीमा शनिबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले भेषराज श्रेष्ठको ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको अवधि दुई वर्षको हुनेछ ।

सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षमा शिवकुमार श्रेष्ठ रहेका छन् । सचिवमा दीर्घनारायण श्रेष्ठ, कोषाध्यक्षमा रुद्रकुमार राजभण्डारी, सहकोषाध्यक्षमा अनुराधा जोशी र सह–सचिवमा प्रकाशचन्द्र श्रेष्ठ चयन भएका छन् ।सदस्यहरूमा अर्जुनकुमार राजभण्डारी, कोशेली श्रेष्ठ र निर्मला श्रेष्ठ सर्वसम्मत चयन भएको सचिव दीर्घनारायण श्रेष्ठले जानकारी दिए ।

नयाँ कार्यसमिति चयन हुनु अगाडि संस्कृति संस्कृतिविद् एवम् शताव्दी पुरुष डा.सत्यमोहन जोशीले वार्षिक साधारण सभाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, नेवाः देय् दबुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारलगायतको उपस्थिति रहेको थियो । साधारण सभामा सहभागी प्रतिनिधिहरूलाई नेवारी परिकारले स्वागत गरिएको आयोजकले जनाएका छन् ।

नेवारी संस्कृति संरक्षणका लागि समाजले काम गर्नेछ ।पाँच महिना अगाडि तदर्थ समिति गठन भएको समाजले शनिबार औपचारिकता पाएको छ । कार्यक्रममा सहभागीहरूलाई प्राथमिक निःशुल्क उपचारको व्यवस्थाका साथै रगत परीक्षणको व्यवस्था रहेको थियो ।

Published : Saturday, 2018 August 18, 9:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया