शिलाले सम्हालिन् खुमबहादुरको ‘कुर्सी’, क-कसले दिए साथ ?

काठमाडौं । गुटको राजनीतिले समस्या बनाइ रहेका बेला नेपाली कांग्रेसका तत्कालीन नेता स्वर्गीय खुमबहादुर खड्काकी पत्नी शिला गौतम खड्काले आफू निकटका नेताहरूको भेला बोलाएर गुटको राजनीतिको शुरुवात गरेकी छिन् ।

आफ्ना गुटका नेता तथा कार्यकर्तालाई शिलाले आफ्नै निवासमा चियापान खुवाएकी छिन् । ललितपुरको सानेपास्थित निवासमा शिलाले पहिलो पटक आफू निकटका केन्द्रीय नेता र जिल्ला नेताहरूलाई बोलाएर चियापान कार्यक्रम दिएकी हुन् ।

खुमबहादुर खड्काको निधन भएको तीन महिनापछि शिलाले कांग्रेसको राजनीतिमा अलग गुट चलाउने प्रयास गरेकी छिन् । शिलाको यो कार्यलाई धेरैले महत्वका साथ हेरेका छन् ।

कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी शिलाले महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य पुष्पा भुसाल, मोहनबहादुर बस्नेत, दाङ कांग्रेसका सभपाति कीर्तिबहादुर खड्का, पूर्वसांसद सुशीला चौधरी, महासमिति सदस्य एवम् कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन, भुपबहादुर डाँगी, भरत न्यौपाने, सुरेन्द्र हमाल, घनश्याम रेग्मी, किशरण किशोर घिमिरे सहित करिव एकसय जनालाई बोलाएकी थिइन् ।

खुमबहादुरको निधनपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले शिलालाई केन्द्रीय सदस्यमा नियुक्ति गरेका थिए । शिलाले पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठकमा पनि उपस्थिति जनाइ सकेकी छिन् ।

पति खुमबहादुर खड्काको निधनपछि राजनीतिमा मोह देखाउन थालेकी शिलाले कसरी आफ्नो राजनीति अगाडि बढाउने हुन् हेर्न बाँकी छ । उनले छोरा अनुराग खड्कालाई समेत राजनीतिमा सिधै प्रवेश गराउँदै छिन् ।

Published : Saturday, 2018 August 18, 7:39 pm

1 प्रतिकृया प्राप्त “शिलाले सम्हालिन् खुमबहादुरको ‘कुर्सी’, क-कसले दिए साथ ?”

  • Sheela ji u are doing well go head it’s a great u are fully devoted in politics I know one day u will on heghit I am ai am with u and Babu pl come to delhi

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया