प्रदेश दुईमा के-के खाए ओलीले ? थालमै अटाएनन् परिकार !

जनकपुरधाम । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई प्रदेश २ ले मिष्ठान्न भोजनसहित भव्य स्वागत गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीले जनकपुर विमानस्थलमा पुगेर ओलीलाई स्वागत गरेका थिए । सभामुख सरोजकुमार यादवले ओलीलाई भव्य स्वागत गरे ।

करीब ८० मिनट लामो सम्बोधनपछि ओलीलाई खाना खुवाउन सभामुख यादवले आफ्नै सरकारी निवासमा लागेको स्रोतले जनाएको छ । ओलीलाई मिथिला भोजन सहितको परिकार खुवाइएको छ ।

ओलीलाई खानामा सादा भात, अडहरको दाल, सुख्खा रोटी, हरियो साग, मिक्स तरकारी, पर्बल फ्राइ, गेडागुडीको अचार, कुखुराको मासु, खसीको मासु, माछा फ्राइ, पापड, दही, लालमोहन, रसभरी सहितका परिकार खुवाइएको एकजना कर्मचारीले बताए ।

जनकपुरधाम उपमहानगरपालिका–४ कदमचोक उत्तिमपुर निवासी ४० वर्षीय विष्णुदेव मण्डलको नेतृत्वमा ओलीका लागि खाना तयार पारिएको थियो ।

प्रदेशसभा परिसरभित्र रहेको सभामुखको सरकारी निवासमा गरिएको भोजभतेरमा सबै प्रदेशसभा सांसदले सहभागिता जनाएका थिए ।

ओलीका लागि तयार पारेको खाना सबै प्रदेश सांसदलाई पनि खान दिइएको थियो । प्रदेश सरकार र स्थानीय तहले मनपरी रुपमा कर उठाएको भनेर आलोचना भइरहेका बेला राज्य कोषबाट खर्च हुने गरेर प्रदेश २ ले ओलीको सम्मानामा लाखौँ रकम खर्च गरेको छ ।

Published : Saturday, 2018 August 18, 6:24 pm

1 प्रतिकृया प्राप्त “प्रदेश दुईमा के-के खाए ओलीले ? थालमै अटाएनन् परिकार !”

  • खान देउन हो खान जन्मेका लाइ। बरू उनी आफै खाएझैं गर्छन् अरुले खाएको स्वाद लिन्छन्।खाने र स्वाद लिने तरिका सबाैको एउटै कहां हुन्छर?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया