कांग्रेसले जितेका ठाउँमा कर वृद्धि हुँदैनः शशांक कोइराला

विराटनगर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संघीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै कम्युनिस्ट सत्ताले संविधान विपरितका क्रियाकलाप गरेको आरोप लगाएका छन् ।
विराटनगरमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले संघीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे ।
जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने उनले बताए । ‘नेपाली कांग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न दिने छैन’, डा.कोइरालाले भने ।
महामन्त्री डा.कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए । उनले जनमत संग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने बताए ।
5 प्रतिकृया प्राप्त “कांग्रेसले जितेका ठाउँमा कर वृद्धि हुँदैनः शशांक कोइराला”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
aba ka din ma congress le pahichan sahit janata sang prateksha abisswas rahit ko congress maya man bachan sahit ko nepali nirman garna jaruri x
सहि कुरा 82%हिन्दु भएको मुलुकमा निर्णय गर्ने अधिकार जन्ता मा हुनै पर्छ । त्यसकारण जनमतसंग्रह अावश्यक छ।
कुन कर धटाउने, सुल्क कि सम्पति कर, बिना योजना १ रूपया पनि बडाउनु पाईदैन ।
हिन्दु राष्ट्र हुनु पर्छ
Sahi kuro. Sarkar biruddhavanda janta pakshadhar hunuparxa.