करका नाममा कम्युनिस्टहरूले संविधानको बद्नाम गर्दैछः कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले बलियो कम्युनिस्ट सरकारले संघीयता र संविधानको बद्नाम गर्न खोजेको आरोप लगाएकी छिन् ।
राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद देवकोटाले करका नाममा जनतालाई आतंकित तुल्याउने कार्य भएको बताएकी हुन् ।
‘स्थानीय सरकारले जनतालाई करका नाममा आतंकित तुल्याएको छ’, उनले भनिन्, ‘कसका लािग कर लगाउँदै छौं भन्ने कुरा जनप्रतिनिधिहरूलाई थाहा हुनुपर्छ । कर लगाउँदा जनताले तिर्न सक्छन् कि सक्दैनन् भनेर हेक्का राख्नुपर्छ ।’
केन्द्र सरकारले स्थानीय सरकारले लगाएको करलाई नियन्त्रण गर्न नसकेको उनले बताइन् । ‘केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव छ’, कांग्रेस सांसद देवकोटाले भनिन्, ‘कुखुरामा २० र अण्डामा १ रुपियाँ कर लिने कार्यले संघीयता बलियो हुँदैन ।’
काम गर्न चाहने सरकारलाई कांग्रेसको सधैँ सहयोग रहने बताएकी सांसद देवकोटाले भनिन्, ‘वित्तीय संघीयतालाई व्यवस्थापन गर्नको लागि जनतालाई भार पर्ने गरे कर ल्याउनु हुँदैन । संघीयता र संविधानलाई बद्नाम गर्ने सरकारको उदेश्य हो भने कांग्रेसलाई भन्नु केही छैन ।’
कांग्रेस सांसद देवकोटाले भनिन्, ‘यदि कर आतंक जारी रह्यो भने जनताको धैर्यता टुट्न सक्छ । परिणाम बलियो सरकारले लिनुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत