बैगुनी भइन् प्रचण्डकी छोरी रेणु, कांग्रेसको गुण भुलिन्

चितवन । नेपाली कांग्रेसको भोटबाट विजयी भएकी पूर्व माओवादी केन्द्रकी नेतृ एवम् भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल त्रिपाठीले कांग्रेसका जनप्रतिनिधिहरूविरुद्ध बिषवमन गरेकी छिन् ।

वार्षिक समीक्षा गोष्ठीमा सहभागी नभएर उपप्रमुखसहित नेपाली कांग्रेसका सबै जनप्रतिनिधिले गलत गरेको रेणुले बताएकी हुन् । समीक्षा बैठकमा कांग्रेसबाट विजयी जनप्रतिनिधिको अनुपस्थितिबारे सोधिएको प्रश्नमा रेणले आपत्ति जनाएकी हुन् ।

रेणुले भनिन्, ‘आफैँले निर्धारण गरेको कार्यक्रममा आफैँ अनुपस्थित भएर उपप्रमुख पार्वती शाह ठकुरीले राजनीतिक सँस्कार विपरीतको काम गर्नु भएको छ ।’

‘बिहीबार पूर्वनिर्धारित कार्यक्रम थियो । कार्यापालिका बैठकको निर्णय बमोजिम उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको छलफल बमोजिम ३१ गते दिउँसो १ बजेलाई समीक्षा बैठकको मिति तय गरिएको थियो’, उनले भनिन्, ‘बिहान करिब १० बजेतिर समीक्षा गोष्ठीमा उपप्रमुख लगायत कांग्रेसका जनप्रतिनिधिहरू सहभागी नहुने भन्ने अपुष्ट जानकारी आयो ।’

कार्यक्रममा उपप्रमुख आफैं नआउने भन्ने हल्लाले आफू आश्चर्यमा पारेको रेणुले बताइन् । उनले भनिन्, ‘लगत्तै मैले वडा अध्यक्षहरूलाई सम्पर्क गरेँ । काँग्रेस जिल्ला पार्टी सभापतिलाई सम्पर्क गरेँ । उहाँहरूले आफूहरू छलफल गरेर कार्यक्रममा सहभागी हुने ए ।’

कांग्रेसबाट विजयी भएका वडाध्यक्षहरूले पनि रेणुले आह्वान गरेको कार्यक्रम बहिस्कारगरेका छन् । मेयर रेणुले कार्यक्रम र योजनाहरू एकलौटी रुपमा अगाडि बढाएपछि कांग्रेसले विरोध जनाउँदै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो तहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत रहेकी भरतपुर महानगरपालिकाकाी मेयर रेणुले कांग्रेसलाई पेलानमा पार्दै लगेपछि बाध्य भएर जनप्रतिनिधिहरूले कार्यक्रम बहिस्कार गरेका हुन् ।

प्रमुख मेयरले नेकपाको नेतृत्वमा दुई तिहाईको सरकार केन्द्रमा रहेको भन्दै कांग्रेसलाई धम्की समेत दिने गरेकी छिन् । कांग्रेसकै जोडबलमा मेयरमा विजयी भएकी रेणुले अहिले आएर कांग्रेसले लगाएको गुण भुलेको चर्चा भरतपुरमा हुने गरेको छ ।

Published : Thursday, 2018 August 16, 11:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया