गृहमन्त्रीका छोराको ‘पावर’ लगाए यी दुई एसएसपीले

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी एसएसपीहरूको सरूवाको सूची तयार पारेका छन्।

गृहमन्त्री थापाले काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी बसन्त लामालाई ल्याउन लागेको स्रोतले जनाएको छ ।

ललितपुर प्रहरी प्रमुखमा एसएसपी रवीन्द्र धानुकलाई ल्याउने तयारी भएको छ । लामा र धानुक विवादित एसएसपी हुन् । उनीहरूले गृहमन्त्रीका छोरा प्रतीक थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग सेटिङ मिलाएर उपत्यकाभित्र आउन लागेको स्रोतले जनाएको छ ।

लामा यसअघि सनम शाक्य र तस्करीको सुन सम्बन्धमा अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष छानबिन समितिमा रहेका थिए । धानुक यसअघि काठमाडौं प्रहरीको प्रमुख भएर काम गरेका थिए ।

गृह मन्त्रालयले ५ महिनाअघि रवीन्द्र धानुकलाई हटाएर विश्वराज पोखरेललाई काठमाडौंको प्रमुखमा ल्याएको थियो । ललितपुरमा कार्यरत एसएसपी गणेश ऐरका ठाउँमा धानुकलाई ल्याइएको छ ।

समय पुगेका अन्य केही एसएसपीको पनि गृहमन्त्री थापाले सरूवा गर्न आदेश दिएका छन् । गृह मन्त्रालयले सरुवाको प्रक्रिया पुर्‍याए प्रहरी प्रधान कार्यालयमा सूची पठाएको छ ।

Published : Wednesday, 2018 August 15, 7:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया