गगन थापा बोल्दा कम्युनिस्टहरू लठ्ठै परे, गृहमन्त्री नै दङ्ग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रहरीले किशोर किशोरीलाई पक्राउ गर्दा परिवार नियोजनको साधन फेला पार्नुलाई गलत कामको रूपमा अर्थ्याएकोमा गृहमन्त्रीको आलोचना गरेका छन् ।

बुधबार संसदमा प्रजनन् स्वास्थ्यको अधिकारसम्बन्धी विधेयकमा छलफलका क्रममा सांसद थापाले किशोर किशोरीलाई समाउँदै गर्दा परिवार नियोजनको सधान भेटाएको भनेर समाचार आउने गरेकोमा आश्चर्य व्यक्त गरे ।

‘परिवार नियोजनको साधन भेटाउनु भनेको गलत क्रियाकलाप हैन’, थापाले भने, ‘सुरक्षाकर्मीहरूलाई यो ऐन आएको उहाँहरूलाई बताइदिनुहुन आग्रह गर्दछु ।’

कांग्रेसका सांसद थापाको आग्रहमा गृहमन्त्री रामबहादुर थापाले मुस्कुराउँदै टाउको हल्लाएर सहमति जनाएका थिए ।

Published : Wednesday, 2018 August 15, 1:46 pm

1 प्रतिकृया प्राप्त “गगन थापा बोल्दा कम्युनिस्टहरू लठ्ठै परे, गृहमन्त्री नै दङ्ग”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया