राजदूत अधिकारीले गरिन् पतिसँग डिभोर्स

काठमाडौं । पतिले उच्च शिक्षा दिलाएर पत्नीलाई राजदूतको ओहोदासम्म पुऱ्याउन सहयोग गर्छन् । हाइट बढेपछि पत्नीले पतिलाई सडकको बास गराउँछिन् । त्यस्ता पत्नीलाई के भन्ने ?

नेपालका लागि पाकिस्तानमा राजदूत रहेकी सेवा अधिकारी लम्सालको व्यवहारले यस्तै प्रश्न खडा गरेको छ । लम्सालले राजदूत बनिसकेपछि उमेर ढल्किसकेका पति प्रदीप अधिकारीलाई परित्याग गरेकी छिन् । उनले शक्तिको आडमा सबै सम्पत्ति हत्याएर पतिलाई सडकको बास गराइदिएकी छिन् ।

आफूले जीवनभर दुःख गरेर काठमाडौंको तीनकुनेको गैरीगाउँमा बनाएको घर पत्नीले कब्जा जमाएकी छिन् । इटहरीको मूल्यवान जमिन र बैंकमा सञ्चित गरिएको सम्पूर्ण रकम पत्नीबाट खोसिएपछि प्रदीप अधिकारी यतिबेला मीनभवनस्थित आफन्तको घरमा शरण लिइरहेका छन् ।

तीन छोरीका पिता अधिकारी पहिले गृह मन्त्रालयमा जागिरे थिए । गृहबाट उद्योग मन्त्रालयमा सरुवा गरिएका उनी कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवारत थिए । त्यहीँ सेवारत रहँदा अधिकारी सेवामुक्त भएका हुन् ।

निजामती सेवामा रहँदा कृषि विकास बैंकको चौथो तहमा जागिरे रहेकी पत्नी सेवा लम्साललाई आफैँले उच्च शिक्षा दिलाएर निजामती सेवामा प्रवेश गर्न प्रदीपले सहयोग गरेका थिए ।

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेकी लम्सालले दुई वर्षअघि राजदूत नियुक्त हुनुभन्दा केही समयअघिदेखि नै पतिसँग विभिन्न निहुँ झिकेर झगडा गर्न थालेकी थिइन् । पतिले जागिर गुमाएपछि फरक व्यवहार गर्न शुरु गरेकी उनले आफ्नो ओहोदा बढ्दै गएपछि शयन कक्षसमेत पतिसँग अलग गरेको पीडित पतिको भनाइ छ ।

राजदूत नियुक्त भएपछि सेवामा परिवर्तन देखापरेको थियो । यसै क्रममा बुढेसकालका पतिलाई गत असार २० गते उनले कानूनी तवरमै छोडिदिएकी छिन् ।

पतिसँग सम्बन्धविच्छेद गरिदिँदा सेवाले प्रदीप अधिकारी पनि बाँच्न पाउनुपर्छ भन्ने सोचिनन् । घर, जग्गा र सम्पूर्ण नगद आफैँसँग राखेर उनले पतिलाई घरबाट निकालिदिइन् ।

सँगै जिउने, सँगै मर्ने वाचा गरेकी पत्नीले ठूलो ओहोदा भेट्टाएपछि यतिसम्म गर्लिन् भन्ने सपनामा पनि नसोचेका प्रदीप अधिकारीसँग यतिबेला वास बस्नका लागि घर छैन ।

खेतीपाती गर्नका निम्ति जग्गाजमिन पनि छैन । जागिर खानका लागि उमेर र अन्य केही काम गर्नका निम्ति जाँगर पनि छैन । यसरी रित्याइएका प्रदीपले बाँकी जिन्दगी कसरी गुजार्ने हुन्, चिन्ताको विषय बनेको छ ।

Published : Wednesday, 2018 August 15, 1:36 pm

24 प्रतिकृया प्राप्त “राजदूत अधिकारीले गरिन् पतिसँग डिभोर्स”

  • Yastaa aimailai pani sarakarle karwahi garnu paro 75% sampati purusko namma garidinu paro ani yo mahilai juttako mala sahit kalomaso daler mahila adhikarwadiharule ktm bhari ghumaunu paro

  • लाेग्ने बुडाे भयाे कमाउन पनि नसग्ने भयछ अहिले राजदुत पायपछि अनि भरखरकाे काेहि मिल्याे हाेला अाफुलाई रातदिन मिहिनेत गरेर त्याहासम्म पुराउने लाेग्नेलाई सम्झिनु पर्दैन खुट्टालाई खुट्टाकै दर्जा दिनु पर्छ भन्ने भनाई कता कता हाेकि जस्ताे पाे लाग्छ

  • अहिले सरकार महिला अधिकार भन्दै धेरै भासन गरेको फल हो यो यस्ता महिला लाइ लोग्नेले पढाउनु जागिर तिर लगाइदिनु नै ठुलो भुल हो

    -मुस्कान मगर सुकिदह गाउपालिका रोल्पा ५ नम्बर प्रदेश
    हाल खाडि मुलुक

  • सिरमा लाई पनि सिरी मितिबाट अंश दिलाउने व्यवस्था हुनुपर्छ।

  • खै तिन छोरिका पिता भनेपछि छोरिहरुले त न्याय गर्लान नि !!

  • खबर नै झूटो जस्तो छ। सेवाको प्रतिकृया ख्वै?

  • She is powerful now.How did she receive all the properties?Is it true? If it is tue, my request to Government that as soon as possible finding truth of this event punish this woman if Mr Adhikari is innocence.Properties should be equally divided.The other thing is that Minister Sher Bdr Tamang has given resignation because of one statement for the medical students. She should also be pressed by Government to resign immediately for that nonsense decision at the case of ignoring old husband.

  • खुट्टालाई खुट्टाकै दर्जा दिनु पर्छ भन्ने भनाई कता कता हाेकि जस्ताे पाे
    हो जस्तो लाग्छ ।

  • News lekhda dohoro kura bujhera lekheko bhaye sewa hoina Pradip Adhikari galat sabit hunthe holan.kura abujhi kasaiko manhani garnu thik hoina.

  • बिदेसियापछी जिन्दगीमा नदेखेको नसोचेको आफ्नो पतिको भन्दा आनन्द दिने ज्यान्पनी ठिकाठिकाको रागा जत्रो भएको भेटीएपछी जम्मा35केजिको झुस्ले मायाल्नै मयाल्ले माम्री भरेको ती घरबुडाको के मायालाग्थ्यो र तेस्लाई।।

  • यस्ता चरित्र हिन अाईमाईले सार्वजनिक रुपमा बहिष्कार गर्नुपर्छ ,कानुनले त पक्का पनि यसैकै पक्षमा फैसला गर्ला तर यस्तो अावस्थामा publica ले कानुन निष्कृय पार्नुपर्छ देशब्यापी रुपमा जनता उत्रिनु पर्छ र सासदले छणिक अाध्यादेश लिएर पिडित लाई न्याय दिनु पर्छ।

  • mahila lai adhikaar dinu parxa paunu pani parxa tara aafu sanga vayaka sabai sampati uskai naam ma kina garnu paryo ?mahila ko pati sanga sampati ko adhikar vay patika sabai sampati patni le kumlyay pati le pani khojne thau hola ?tasai le pahile nai aafu safe land hunu paryo afno sampati sabai wife ko naam matra hoina afno ma pani rakhanu paryo …

  • It’s not fair, everybody say but the main problem creates by Nppal government and law makers. Some migrants people and some Tarai people make very bad behavior with women but blind law maker never seen the man’s trouble through women….

  • महिला हिंसाका करकतत्व महिला नै हुन।पुरूष बढी पिडित छन समाजमा यो अन्धो कानुनले कहिले देख्ला खै। महिलाले आफ्नो योनी लाई कमाई खाने भाडोको रूपमा प्रयोग गर्न थालेका छन। यो त्यसकै उदाहरण हो।

  • यसमा महिला राजदूतलाइ मात्रै दोषी देखाइएको छ ! दुइतर्फी कुरा आउनुपर्छ ! तेत्तिकै अर्काको, त्यसमाथि त्यत्रो अन्तरास्ट्रिय ओहदामा बसेकी एउटी महिलाको बारेमा चरित्रहत्या गर्नु अपराध हो ! कुरा बुझेर मात्र सार्बजनिक गरौ पत्रकार महोदय !!!

  • सत्य तथ्य पत्ता लगाउनु पर्याे, यदि सँच्चिकै सबै सम्पत्ति हडपेर ….

  • Adhikari madum ko yo event lai protsahan dine ho vne un ko husbend matra hoina nepalka aru 40 percent old husbend le yastai smsya samna garna n parla ki ? kina vne mahila lai property mathi ko ownership dilaune lahar chaleko 6 land purchase ma diyeko chhut le smet yaslai uksaye ko 6 .yasko result ystai yastai ta ho

  • यो समाचार आधारहीन, ग़लत र चरित्र हत्या गर्न तथा नारीले गरेको प्रगति देख्न नसकेर मीडियाले लाइक र शेर कमाऊन प्रकासित गरेको ग़लत समाचार हो।

    • प्रभा जी,
      सबुत छ भने हामि एक भएर यो पत्रकारलाई कानुनि कार्बाही गरौँन त?

  • Yo mero mommy Sewa Lamsal ko charitra hatya garna prakasit gareyeko jhuto khabar ho. Yesko pachadi nari le gareko pragati dekhna nasakne khutta tanne manche ra like ani share kamauna aru ko ijjat ra bhawana sanga khelwad garera masaledar samachar banaune patrika ra patrakar haru ko haath cha. Mero buwa Pradip Adhikari ko bayan yesto cha.

    मेरी पूर्वपत्नी सेवा अधिकारी र म वीच गत महिना सहमतिमा संम्वन्ध विच्छेद र अंशवण्डा भएको कुरालाई गत वुधवारदेखि विभिन्न पत्रपत्रिका र अनलाईन मीडियाहरुले प्रायोजित रुपमा उनको क्यारियरमा धक्का लाग्ने हिसावले समाचारहरु प्रकाशन भएपछि मलाई सुभेच्छुक साथीहरुले समेत फ़ोन तथा म्यासेजहरुमा सहानुभूति राख्नु भएकोमा धन्यवाद व्यक्त गर्दछु । सामाजिक संजालहरुमा भाइरल वन्दै गरेको यो समाचारमा लेखिएका कुरा तथ्य भन्दा पर छन ।
    उनले मलाई घरवाट निकालेको होइन उनका अविभावक र मेरा प्यारा छोरीहरु समेतको सल्लाह र सहमतिमा हामी अंशवण्डा गरी अलग भएका हौ ! आपसी सहमतिमा भएको यस विषयलाई एकपक्षिय ढंगले नलेखिदिनु हुन मेरा इष्टमित्र आफन्त र साथीभाईहरुलाई सविनय अनुरोध गर्दछु ! हामी छुट्टिएपनि हाम्रा साँझा ३ जना छोरीहरु छन ! यो घटनाले नावालख छोरीहरुको कलिलो दिमागमा असर नगराईदिनु हुन संम्पुर्ण पृयजनहरुमा सविनय अनुरोध गर्दछु ।

    http://www.khullamanch.com/archives/10242

    Yo galat samachar jasari share gariyo, yo satyata pani tesari nai share garidinu huna pani ma anurodh gardachu.

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया