कांग्रेस जस्तो दिलदार छैन कम्युनिस्ट सरकार, यी महिलालाई हटाइ छाड्यो

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीलाई पदबाट हटाएको छ ।

कम्यनिस्ट सरकारसँग टसल गरेर महाप्रबन्धकको जिम्मेवारी सम्हालेकी राजभण्डारीलाई मंगलबार मध्यराति मन्त्रिपरिषदले बर्खास्त गरेको हो ।

राजभण्डारी तीन वर्षे कार्यकालका लागि २०७३ असोजमा नियुक्त भएकी थिइन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

ओलीको कम्युनिस्ट सरकारले राजभण्डारीसँग दुई पटक स्पष्टीकरण सोधेको थियो । राजभण्डारीले चित्तबुझ्दो जवाफ नदिएका कारण पदबाट बर्खास्थ गरिएको मन्त्री बास्कोटाले बताए ।

कम्युनिस्ट सरकारले राजभण्डारीलाई हटाएर आफू निकटका व्यक्तिलाई टेलिकमको महाप्रबन्धकमा ल्याउन शुरुदेखिनै क्रियाशीलता देखाएको थियो ।

महाप्रबन्धक राजभण्डारीसँग कम्युनिस्ट सरकार खुसी थिएन । उनलाई जसरी पनि हटाउनुपर्ने भन्दै सूचना तथा सञ्चारमन्त्री बास्कोटाले अभियान नै चलाएका थिए । बास्कोटाले आफू निकटका सञ्चारमाध्यममा राजभडारीविरुद्ध समाचार सम्प्रेषण गराउँदै आएका थिए ।

Published : Tuesday, 2018 August 14, 11:00 pm

1 प्रतिकृया प्राप्त “कांग्रेस जस्तो दिलदार छैन कम्युनिस्ट सरकार, यी महिलालाई हटाइ छाड्यो”

  • पदमा बसेर आफ्नो जिम्मेवार काम गर्न नसक्ने वा लापरबाही गर्ने लाई पद बाट मात्रै हैना सरकारी सेवा सुबिधा बाट निकास्नु पर्छ

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया