पूर्वएमालेका नेता माधवकुमार नयाँ शक्तिमा प्रवेश

काठमाडौं । पूर्वएमालेका युवा नेता माधवकुमार गजुरेलले आफ्नो माउ पार्टी छाडेका छन् ।

नुवाकोट जिल्ला स्थायी घर भएका पूर्वएमालेका युवा नेता गजुरेलले पार्टी छाडेर नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेका हुन् ।

गजुरेललाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले आफ्नो दलमा भित्र्याएका छन् ।

पूर्वएमाले हुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहेका गजुरेलले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका गलत क्रियाकलापले आफ्नो मन भाच्चिएको बताएका छन् ।

Published : Tuesday, 2018 August 14, 10:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया