दाङको समस्या उठाइन् कांग्रेस सांसद देवकोटाले

काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपत्तीका कारण दाङ जिल्लाको ग्वार खोलाले बस बगाउँदा थुप्रै यात्रु घाइते भएको भन्दै सो दुःख व्यक्त गरेको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद अनिता देवकोटाले विशेष समयमा धारणा राख्दै ग्वार खोलाले बस बगाएको घटनाका विषयमा सदनमाफर्त सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘दाङका धेरै खोलाहरूमा पुल निर्माण हुन सकेको छैन’, उनले भनिन्, ‘केही दिन अगाडि ग्वार खोलाले बस बगाउँदा धेरै यात्रु घाइते भएका छन् । घाइतेहरूको दाङभित्रै उपचार हुन सकेन । औषधि र विशेषज्ञ चिकित्सकहरूको अभाव छ ।’

दाङबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने कांग्रेस सांसद देवकोटाले राप्ती क्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा हस्तान्तर गरेर सुविधान सम्पन्न सेवा दिन माग गरिन् ।

‘राप्ती क्षेत्रीय अस्पताललाई प्रतिस्ठानमा हस्तान्तरण गरियोस्’, देवकोटाले भनिन्, ‘ग्वार खोलाले बस बगायो । घाइतेको औषधि हुँन नसक्दा नेपालगञ्ज रिफर गर्न बाध्य भयो ।’

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान बनाउन गरेको निर्णयलाई कार्यान्वयन गराउन वर्तमान कम्यनिस्ट सरकार अनिच्छुक रहेको भन्दै देवकोटाले आपत्ति जनाइन् ।

राप्ती स्वास्थ्य विज्ञानमा राजनीति नगर्न सत्तारुढ दलका नेता र चिकित्सकहरूलाई कांग्रेस सांसद देवकोटाले चेतावनी दिएकी छिन् ।

दाङमा खोलाहरूले गरेको नोक्सानी र वितण्डा एवम् राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानका विषयमा पूर्वएमाले र पूर्वमाओवादीका सांसदहरूले सदनमा एक शब्द पनि बोलेका छैनन् ।

Published : Tuesday, 2018 August 14, 10:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया