हिंसामा परेकी दाङकी बालिकालाई परियार समाजको सहयोग

घोराही । परियार सेवा समाज दाङले यौन हिंसामा परेकी बालिकाको पोषणका लागि आफन्तलाई खाद्यान्नसहित नगद १५ सय रुपियाँ आर्थिक सहयोग दिएको छ । समाजले खाद्यान्न र नगद गरेर पाँच हजारको सहयोग गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी बलात्कृत बालिकाको पनिवारलाई समाजले आर्थिक सहयोग गरेको हो । समाजले आफ्नो नियमित बैठकलाई सुचारु गर्ने निर्णय पनि गरेको छ ।

समाज जिल्ला अध्यक्ष केशव नेपालीमाथि लागेको कुटपिटको मुद्धामा दाङ देउखुरी जिल्ला अदालतले सफाई दिएकोमा अदालतको फैसलालाई स्वागत गरेको छ ।

यसैबीच, परियार सेवा समाज क्षेत्र नं. ४ तुलसिपुर दाङले सफाई पाएका समाजका जिल्ला अध्यक्ष नेपाली, समाजका शुभच्छुक अभिन्यु गिरीलाई स्वागत गरेको छ ।

Published : Sunday, 2018 August 12, 3:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया