तस्करको प्रभावमा पर्‍यो कम्युनिस्ट सत्ता, कामिनीलाई हटाइ छाड्ने

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी हटाउन फेरि ठूलो चलखेल शुरु गरेको छ ।

कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको दवावमा राजीनामा दिन अस्वीकार गरेपछि प्रवन्ध निर्देशक राजभण्डारीलाई हटाउन अनेकौँ तिकडम अपनाइएको हो । सञ्चार मन्त्रालयले राजभण्डारीलाई शुक्रबार फेरि स्पष्टीकरण सोधिएको पत्र थमाएको छ ।

मन्त्रिपरिषदको बैठकले यसअघि एकपटक मौका दिने गरी कामिनीसँग राखिएका कार्यसम्पादन शर्तहरूमा प्रगति नभएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

कम्युनिस्ट सत्ताले यस पटक कामिनीलाई मन्त्रिपरिषदको निर्णयबाट बर्खास्त गर्ने गरेर सम्पूर्ण तयारी गरेको छ ।

गत वैशाखमा पनि कामिनीलाई स्पष्टीकरण सोधिएको थियो । त्यतिबेला मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई कार्यसम्पादन शर्तहरू राखेर सचेत मात्र गर्न निर्णय गरेको थियो ।

राजभण्डारीका कारण नेपाल टेलिकमको सुधार भइ रहेपनि आफू निकटको व्यक्तिलाई ल्याएर हालिमुहाली गर्न कम्युनिस्ट सत्ताका मन्त्री बास्कोटा नै सक्रिय भएर लागेको आरोप लागेको छ ।

भण्डारीले टेलिकमबाट हुने टेण्डर र अन्य कामहरूमा पारदर्शिता अपनाउँदै अगाडि बढेपछि आत्तिएका तस्करहरूले नै चलखेल गरेर कम्युनिस्ट सत्तालाई प्रभावमा पार्न सफल भएको चर्चा हुन थालेको छ ।

Published : Sunday, 2018 August 12, 3:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया