टेलिकममा कामिनीले गरिन् कमाल, १५ अर्ब ६६ करोड नाफा

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरण पश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिव ४५ अर्ब ५६ करोड ५८ लाख रहेको जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.१९ प्रतिशतले बृद्धि भएको हो । सोही अवधिमा कम्पनीको नाफा करिव १५ अर्ब ६६ करोड ७५ लाख रहेको उल्लेख गरेको छ । महाप्रबन्धक कामिनी राजभण्डारील नेतृत्व सम्हालेपछि टलिकमलले सेवामा सुधार गर्दै आफ्नो कमाइलाई बढाउदै लगेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा १.९२ प्रतिशतले बृद्धि गरेको छ । जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु १.९६ ले बृद्धि भई प्रति शेयर आम्दानी रु १०४.४५ पुगेको छ ।

केही वर्ष अघि देखि शुरु भएको कम्पनीको एक महत्वाकांक्षी आयोजना मध्येको एकीकृत विलिङ प्रणालीमा ल्याण्ड लाइन सेवा समेत रुपान्तरित भएपश्चात् गत आर्थिक वर्षमा नै सो आयोजना सम्पन्न भएको छ ।

लामो समय देखि सञ्चालनमा रहेका ल्याण्ड लाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टि डी एम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरण मार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म करिव एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको छ । क्रमिक रुपमा अन्य लाइनहरु पनि रुपान्तरण गर्ने कार्य जारी रहेको ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्रमध्ये अति प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई दिइएकोमा तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चालनमा ल्याउन सफल भएको छ ।

०७५ जेठ मसान्तसम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ रहेको छ । इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ रहेको छ ।

०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले बृद्धि भएको छ ।

Published : Sunday, 2018 August 12, 2:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया