राणाको शोकमा तीन दिन झुक्नेछ चार तारे झण्डा

काठमाडौं । नेपाली कांग्रेसले भरतशम्शेर राणाको शोकमा तीन दिन केन्द्र र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा आइतबार सानेपामा बसेको बैठकले साउन २७, २८ र २९ गते झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

राणाको साउन २५ गते निधन भएको थियो । लोकतन्त्र र गणतन्त्रको संघर्षमा समर्पित राणाको निधनमा पार्टीले गहिरो दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

२८ गते केन्द्र र जिल्ला कार्यालय बन्द गर्ने, भदौ ६ गते केन्द्रीय कार्यालयमा शोक सभा गर्ने कार्यक्रम कांग्रेसले तय गरेको छ ।

बैठकको शुरुमै राणाको शोकमा केन्द्रीय सदस्यहरूल एक मिनट मौनधारणा गरेका थिए ।

Published : Sunday, 2018 August 12, 2:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया