हेम्जामा देखाइन् बिना मगरले असली रुप !

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी बुहारी समेत रहेकी खानेपानीमन्त्री बिना मगर कास्कीको हेम्जा पुगे पनि आफ्नी दिदी (सौता) सिर्जना त्रिपाठीको माइती घर नपुगेरै फिर्ता भएकी छिन् ।

शुक्रबार पोखरा आएकी बिना शनिबार हेम्जा नजिकै रहेको सेती मर्दी दोभान पुगिन् । हेम्जा स्वर्गीय प्रकाश दाहालकी माइली पत्नी सृजना त्रिपाठीको माइती गाउँ पर्छ । बिना आफ्नी सौता अर्थात दिदीको माइती घरमा नगएर फिर्ता भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

केही माथि पर्ने नौडाँडा लेवाडे बिना र सिर्जनाका ससुरा प्रचण्डको जन्मथलो पर्छ । सृजना र बिना दुबै प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालकी श्रीमती हुन् । त्यही बाटो भएर गए पनि बिना मगर सृजनाको माइतीमा भने पसिनन् ।

बिना आफ्नी दिदी (सौता)को माइत जान्छिन् कि जाँदैनिन् भनेर स्थानीयले कौतुहलताका साथ हेरेका थिए । बिना मगरको यो कार्यबाट सिर्जना त्रिपाठी माइती पक्षका आफन्तको मन कुडिएको छ ।

Published : Saturday, 2018 August 11, 10:06 pm

3 प्रतिकृया प्राप्त “हेम्जामा देखाइन् बिना मगरले असली रुप !”

  • पत्रकारिताकाे बेइज्जत गरेर लेख नलेख्या भए हुन्थ्याे।पत्रकारकाे धर्म सुझबुझ र जिम्मेवार भइ जानकारीमुलक सुचना दिनु सट्टा ब्यक्तिगत काम र घरायसी मामला लेख्न घरमै गएर बस्दा उचित हुन्छ।

  • पत्रकार को न्यूज नै यस्ता बिना तागतका संम्पेलेसण हरू गलत छन्
    र केछ त जानै जरूरि?,

  • yo samachar laekhne person ke tapai aafno jaarko ghara gaera vetnu hunxa? samachar data aafno aukaat vanda mathi najanus janu vayo vane janatale ramrosanga ans dina janeka xan. janata vanda mathi xu vanne soch napalnus

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया