रविन्द्र अधिकारीले रोकिदिए यी महिलाको कार्यक्रम

काठमाडौं । अखिल भारतीय विद्धत परिषद, धर्म महामण्डल, वर्ल्ड हिन्दु परिषदले प्रथम महिला जगतगुरु शंकराचार्य पद घोषणा गरिएकी हेमानन्द गिरीले आफ्नोबारे गलत प्रचार भैरहेकोमा आपत्ति जनाएकी छन् ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर गिरीले केही गतल मानसिकता भएका कथा वाचकहरूले आफ्नोबारे नकारात्मक प्रचार गरेर बद्नाम गर्न खोजेको आरोप लगाइन् ।

वेद, पुराण, भागवत गीता लगायतका धार्मिक ग्रन्थहरूले नारीलाई शंकराचार्य नहुने भनेर कहीँ कतै नलेखेको दाबी गर्दै गिरीले भनिन्, ‘मैले सनातन हिन्दु धर्मको उद्गमस्थल पशुपतिनाथमा शंकराचार्यको छतरी ओड्ने चाहना राखेको थिएँ, गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ ।’

आफ्नो बारेमा उठेका प्रश्नहरूको स्पष्टीकरण दिन राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेपनि समय नपाएको उनले बताइन् । गिरीले भनिन्, ‘पर्यटनमन्त्रीलाई भेटेर आफ्ना कुराहरू राखें । उहाँले पनि प्रमाणपत्र माग्नु भयो । कुनै जवाफ दिनु भएन ।’

पशुपतिनाथको परिसरमा भदौ ८ गते शंकराचार्यको छतरी ओड्ने कार्यक्रमलाई कम्युनिस्ट सरकारको दवावमा पशुपति विकास कोषले अवरोध पुर्‍याएको गिरीको दाबी थियो ।

Published : Saturday, 2018 August 11, 7:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया