ओली-प्रचण्डभन्दा सयौँ गुणा राष्ट्रवादी छ कांग्रेस, खुल्दै छ कम्युनिस्टको मुखुण्डो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।

भदौ २२ गते प्रचण्ड भारत भ्रमणमा जान लागेको उच्च स्रोतले जनाएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले हालै मात्र भ्रमणको निम्तो दिएका हुन् ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतलाई गाली गरेर राष्ट्रवादको नारासहित निर्वाचनमा झण्डै दुई तिहाई बहुमत ल्याएका कम्युनिस्टहरूले भारतसँगको सम्बन्धलाई सुधार गर्ने संकेत गरेका छन् ।

भारत भ्रमण सकेर प्रचण्ड सेप्टेम्बर अन्तिम साता चीन जानेछन् । औपचारिक पत्र आउन बाँकी छ । चिनियाँ राष्ट्रपति सी जिनपिङङसँग भेटवार्ता गर्ने गरी प्रचण्ड चीन जाने तयारीमा छन् ।

प्रण्चडले व्यक्तिगत रुपमा पहिला भारत र दोस्रोमा चीनको भ्रमण गर्ने तयारी गरेपछि प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीको मनमा चिसो पसेको छ ।

ओलीलाई असहयोग हुने गरेर प्रचण्डले कार्यक्रमहरू धमाधम बनाएपछि बालुवाटारमा चिन्ता छाएको हो ।

प्रचण्ड एक महिना अगाडि पत्नी सीता दाहालको उपचारको लागि भन्दै बैंकक पुगेका थिए । बैंककमा रहेका भारतीय गुप्तचर संस्था ‘रअ’का अधिकारीहरूसँग प्रचण्डले भेटेको भनेर चर्चा चलेको थियो ।

त्यो चर्चा सेलाउन नपाउँदै प्रचण्ड मोदीलाई भेट्न भारत भ्रमणमा जान लागेका हुन् । निर्वाचनका बेला कम्युनिस्टहरूले नेपाली कांग्रेसलाई भारतीय दलाल भनेर गाली गरेका थिए ।

कांग्रेस आफ्नो अडानमा बसेको थियो । तर, अहिले आएर त्यति बेलाका राष्ट्रवादी कम्युनिस्ट र ती नेताहरूले आफ्नो असली अनुहार देखाउन थालेको चर्चा हुन थालेको छ ।

Published : Friday, 2018 August 10, 6:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया