किशोर श्रेष्ठको दादागिरिविरुद्ध बोल्यो कांग्रेस निकट प्रेस युनियन

काठमाडौं । नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनले प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पूर्वाग्रह राखेर पत्रपत्रिकाको वर्गीकरण गरेको भन्दै आपत्ति जनाएको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले शुक्रबार विज्ञप्ति जारी गरेर श्रेष्ठले राजनीतिक अग्रह र व्यक्तिगत पूर्वाग्रही भएर पत्रपत्रिका वर्गीकरण गरेको आरोप लगाएका छन् ।

‘प्रेस काउन्सिल नेपालले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाले नेपाल प्रेस युनियनलाई गम्भीर बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘देशभरबाट यो नतिजालाई लिएर पत्रकार साथीहरूको गम्भीर असहमति समेत प्रकट भएको छ ।’

‘नतिजा निकाल्ने क्रममा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हावी भएको गुनासो समेत पत्रकार वृतबाट आएको छ । नियमित रुपमा प्रकाशन भईरहेका पत्रपत्रिकालाई वर्गीकरणमा घटुवा गरी सोही ठाँउमा कहिले काहीँ प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएका गुनासा आएका छन्’, प्रेस युनियनले भनेका छन्, ‘पत्रपत्रिका वितरण संपरीक्षण समितिको सिफारिसलाई समेत लत्याउदै बोर्ड बैठक समेत नबसी फरक नतिजा प्रकाशन गरिएको कुराले हामीलाई झन आक्रोशित तुल्याएको छ ।’

महासचिव सिवाकोटीले विज्ञप्तिमा भनेका छन्, काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रुपमा सूचना, सञ्चार तथा प्रबिधि मन्त्रालयमा बुझाइ सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा हामीले लिएका छौं ।’

पत्रपत्रिका वर्गीकरणपछि दिइने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सिलको बोर्ड सदस्यहरूलाई यो पूर्वाग्रहले भरिएको नतिजा खारेज गरी पुनरावलोकन गर्न प्रेस युनियन कार्यबाहक अध्यक्ष श्रेष्ठलाई चेतावनी दिएको छ ।

अन्यथा काउन्सिल नेतृत्वको कोपभाजनमा परेका सञ्चारमाध्यम र सञ्चारकर्मी साथीहरूका साथमा देशभरका पत्रकारलाई लिएर आन्दोलनमा उत्रने चेतावनी प्रेस युनियनले दिएको छ ।

Published : Friday, 2018 August 10, 5:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया